समृद्ध सल्यान ,सल्यान दर्पण र जन्मभुमी
प्राकृतिक मनोरम दृश्यले भरिपूर्ण सानो देशभित्र पनि अझ सानो चट्ट मिलेको जिल्ला (सल्यान) साच्चिकै सौन्दर्यले भरिपूर्ण रहेको कुरा अवगत गराउँदछु । माथि डाँडोमा सल्यानको सदरमुकाम खलंगा र तल वेसीमा श्रीनगर बजार संगसंगै जिल्ला बीचबाट बगेको शारदा नदी अनि अलि दायाँ बायाँ र वरपर खर्सुबास लेक, कुमाख लेक, अन्य सारथी लेकहरु, खैराबाङ्ग भगवती, कुपिण्डे दह, छायाछेत्र (सतीदेवीको अंग पतन भएको), शंखमुल, कालिमाटीको देउती बज्युँ, लक्ष्मीपुर (सतीदेवीको अंग पतन भएको), मोखलाको सिद्ध गुफा, फालाबाङ्गको ऐतिहासिक राजदरवार, देवस्थलको राधा कृष्ण मन्दिर साथै सम्पुर्ण चुरे श्रृंखलाले जिल्लाको शोभा बढाउँदै विशिष्ट आस्था, मान्यता र विशेषता प्राप्त क्षेत्रहरुले सल्यानलाई उच्च शिखरमा पुर्याएको देखिन्छ ।
सल्यान खैरबाङ्ग मन्दिर तस्बिर:सुरेश खड्का
अदुवाको लागि राष्ट्रिय÷अन्तराष्ट्रिय रुपमा स्थापित सल्यान नेपालका पाँच विकास क्षेत्रमध्य मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पहाडी, पश्चिमी र पिछडिएको जिल्लाको रुपमा परिचित पर्यटकका लागि अति सुगम जिल्ला मानिन्छ साथै पर्यटकीय, धार्मिक र सांस्कृतिक रुपमा भरिपुर्न अति रमणीय भएको कुरा सर्वविदित नै छ । यी क्षेत्रहरुको साथसाथै सल्यानमा अन्य थुप्रै संचारबाट ओझेलमा परेका क्षेत्रहरु पनि छन् । सल्यानमा आफ्नो विशिष्टपना प्रदर्शन गर्दा गर्दै पनि सबै तवरबाट पिछडिएका क्षेत्रमा कोटमौलाको मोखलाम लेक र मालिका लेकहरु स्थापित छन । यति मात्रै नभएर सल्यानमा आफनै मौलिकता र आफ्नै पहिचान भएका अन्य थुप्रै पर्यटकीय धार्मिक र सांस्कृतिक संचारको पहुँचबाट पछाडि परेको र आ–आफनो धार्मिक र सांस्कृतिक मान्यताबाट ओझेलमा परेको कुरामा दुईमत छैन ।
भौगोलिक विकटता भनौँ यात विकेन्द्रिकरणको अभाव भनौँ यस जिल्लामा प्रशस्त मात्रामा पर्यटकीय स्थलहरु भएता पनि पुर्णरुपमा प्रचार प्रसार हुन सकेको छैन् । यातायातको कमी, पर्यटकको व्यवस्थापनमा कठिन र पर्यटक अनुकुल व्यवहारको कमीका कारण यो जिल्ला पर्यटकको आगमन र ध्यानकर्षणमा पछाडि परेको छ ।
सल्यानमा विगतका समयमा पर्यटकीय स्थलको प्रवद्र्धन गर्नका निमित्त सकारात्मक पहल र कदमहरु नउठेता पनि अब आगामी दिनहरुमा आउदो पुस्ताका लागि सल्यानमा प्राचीन मान्यता बोकेका स्थलहरुका बारेमा अभिलेख खडा पार्नु हामी सबै सल्यान बासीको कर्तव्य हो ? जस्का निमित्त सम्पुर्न सल्यानबासीहरु मन, वचन र कर्मका साथ लाग्नुपर्ने देखिन्छ । भारी पर्यटकको संम्भावना बोकेको यस जिल्लाका धार्मिक र सांस्कृतिक मान्यताका बारेमा आउदा केही वर्षहरुमा आउदा पुस्तालाई केही जानकारी नहुने अवश्था आउन नदिनका निमित्त यस जिल्लाका सम्पुर्ण पर्यटकीय स्थलको अस्तित्व बचाउ अभियनतामा र पर्यटन प्रवद्र्धन अभियान मा हामी सम्पुर्ण पौरखी हातहरु एक आपसमा हातेमालो गर्दै सक्रिय हुनुपर्ने अवस्था आएको छ ।
सल्यानमा प्रशस्त मात्रामा पर्यटकीय स्थलहरु भएता पनि यी स्थलहरुलाई विकासको उच्च शिखरमा पु¥याई पर्यटकको संख्यामा वृद्धि ल्याउन नसक्नु सल्यानको भाग्य नभई हाम्रो कर्म दोषी हो । तसर्थ अब विगतमा भएका कमीकमजोरीहरुको सुधार गरी जागरुकताका साथ लाग्नुपर्दछ ।
सल्यानलाई पर्यटकीय, धार्मिक, सांस्कृतिक आर्थिक र भौतिक सबै तवरबाट संम्वृद्ध गराउनुका निमित्त सबै सल्यानबासीमा एकरुपता आउनुपर्दछ । यसरी सल्यानको पर्यटन विकासको उचाईलाई उच्च राख्नाको लागि सबैका विकासशील मन मष्तिस्क एकत्रित हुनु पर्दछ । त्यस पश्चात सल्यानको नाम पनि पोखरा काठमाडौं र चितवन जिल्ला जस्तै पर्यटकीय जिल्लाका रुपमा नआउला भन्न सकिदै ।
सल्यानका कपुरकोट र डाँडागाँउको माल्नेटा तरकारीका र अदुवा लागि प्रसिद्ध छन । नेपाल अधिराज्यमै विशेष किसिमको विशेषता प्राप्त अदुवा माल्नेटा र तरकारीमा कपुरकोट स्थापित छ ।
त्यस्तै किसिमका प्राकृतिक विशेषता युक्त क्षेत्रलाई व्यवस्थापन गरी प्रयोगमा ल्याई त्यस्ता क्षेत्रहरुमा पर्यटक भित्र्याउने हाम्रो मुख्य भुमिका हो । तसर्थ हाम्रो ध्यान यसतर्फ उन्मुख हुनुपर्दछ ।
यसरी सल्यानमा प्रशस्त मात्रामा पर्यटकीय स्थलहरु भएता पनि यिनको प्रचारप्रसारको अभावका कारण यी पर्यटकीय क्षेत्रहरुको विकास हुन नसकेता पनि यस्ता क्षेत्रलाई हामीले संचारबाट बाहिर ल्याउन सकेमा यो जिल्ला पर्यटकले भरिपुर्न हुने छ । सल्यानलाई हरेक व्यक्तिले जुन तवरबाट अर्थ लगाएता पनि अन्ततः सल्यान पर्यटकीय सम्भाबनाको भारी बोकेको जिल्लाको रुपमा स्थापित छ ।
देश परिवर्तन गर्न समाज परिवर्त हुन अपरिहार्य छ र समाज परिवर्तनको लागि एउटा सिङ्गो शैक्षिक जगत परिवर्तन हुनु जरुरी छ । समाजमा विभिन्न किसिमका मान्छेहरुको वसोवास हुन्छ र एउटा भिन्नै रहनसहन, रितिरिवाज, भेषभुषा, भाषा सांस्कृतिक अनि अनेकतामा एकता अनि त एउटा समृद्ध समाजको परिकल्पना सम्भव छ । हरेक समाजमा दुई थरीका मान्छेहरु देखिन्छन एकथरी मनग्य अैौर्थिक स्थिति वलियो भएका तर सामाजिक काममा पटक्कै लगानी गर्न नरुचाउने र अर्काे थरी आर्थिक अवस्था नाजुक तथा समाजको लागि केही गरौ भन्ने सोच भएका मान्छेहरु फरक यति हो पुँजिपति र सामाजिक नेतृत्वको तालमेल नमिल्नु । त्यसैले अवको भावि रणनीति भनेको दुवै पक्ष एकजुट हुनु जरुरी छ ।
हाम्रो सल्यान जिल्लाको एउटा छुट्टै अस्थित्व रहेको छ र जिवन्त इतिहास पनि छ । यहाँको भौगोलिक विकटता, हावा पानी तथा वातावरणीय दृस्टिकोणले धेरै राम्रो मानिन्छ । वन, कृषि, धार्मिक, शिक्षा, संस्कृति, कला, साहित्य, पर्यटन जस्ता विविध क्षेत्र यहाँका प्रमुख चिनारी हुन् । यी इतिहासहरु कति प्रचार प्रसारको अभावमा ओझेलमा परेका छन । कति संरक्षणविहिन भए । हामीसँग एउटा दरिलो उदाहरण छ । जिल्लाको ऐतिहासिक धरोहर फलावाङ्ग दरवारको संरक्षण कसैको पनि चासो छैन त्यस दरवारमा भएका महत्वपूण वस्तुहरु सबै चोरी भए । हो, अव त्यस्ता ऐतिहासिक महत्वपूर्ण धरोहर गगेर्ना गर्ने पालो सल्यानीहरुको हो र यसका लागि सल्यान जिल्लालाई माया गर्न, जिल्लालाई जन्म थलो भन्न रुचाउने व्यक्तिहरु एकतावद्ध भई सल्यानको सर्वाङ्गिन विकास गर्ने र सल्यान जिल्लालाई राजधानी केन्द्र हुदै संसारमै सल्यानलाई जोड्ने संकल्प गर्न अहिलेको आवश्यकता हो ।
सल्यानमा जन्मिएर हुर्कियका हामी कतिपय राजधानी हुदै संसारभरी फैलिएका छौ । कतिपय धेरै मान्छेहरु महत्वपूर्ण पद हासिल गर्नुभएको छ, देश तथा विदेशमा आफ्नो छुट्टै महत्वपूर्ण ख्याति कमाउनु भएको छ, साच्चिकै गर्वको कुरा हो जिल्लाको लागि तर जति पनि देश तथा विदेशमा कमाउनु भएको छ त्यो सबै तपाईले आफ्नो घरपरिवार अनि आफुलाई गर्नु भएको छ भन्ने कुराको वकालत गर्न चाहन्छ यो आख्यानकार । साच्चिकै एकपटक तपाई सल्यानमा वालापनमा खेलेको सल्यानलाई अनि तपाईको जन्मथलोलाई सोच्नुहोस त एकपटक, कति सुन्दर छ, शारदाको कल कल वग्ने पानी, कुमाखको चिसो सिरेटो खैरावाङ्ग भगवती मन्दिरको आशिर्वाद, छत्रेश्वरी मन्दिरको पहिचान अनि कुपिन्डे, फलाावाङको एउटा वेग्लौ इतिहास ....... मेरो प्यारो सल्यान प्राण भन्दा पनि प्यारो छ ।
कतै पढेको थिए वरिष्ठ अद्योगपति कर्ण शाक्यद्वारा लिखित पुस्तक म सक्छु को आवरण पेजमा उनीहरु यो देशमा मौरी भएर बाचे, जिन्दगीभर मह वनाए केही आफुले खाए, केही अरुलाई खुवाए र सधै आफ्नै चाकामा. फर्के । अव उनीहरु विदेशमा कसरी झिगा भएर बाँच्न सक्छन् यो देशमा उनीहरु वरपीपल भएर झाँगिएर अव घाँस भएर कसरी वाँच्न सक्छन ? कतै पढे जस्ताको तस्तै साभार गरे अअर्थ नलागोस । त्यसैले हामी एउटा भौगोलिक विकटताले पछाडी परेको जिल्लामा जन्मिएर सल्यानीहरु विश्वको जुनसुकै कुनामा रहेता पनी हाम्रो जन्मभुमि हामीे चासो माया, ममता देखाउनु र सामाजिक कार्यमा समर्पित हुनु आजको आश्यकता हो । हामीले भोलिको भावी पींढीको लागि पनि सोच्नुपर्ने तथा कालान्तरमा गएर हाम्रो भन्दा पनि ‘मेरो’ जन्मभुमि सल्यान भन्न पाउनु पर्छ भन्ने कुरोको अठोट राख्दै आहोरात्र खटनुपर्छ । अहिले हामी सुत्यौ भने भने हाम्रो सल्यान जिल्ला पनि सुत्छ । त्यसैले हाम्रो सल्यान जिल्ला हाम्रो पहिचान हो, गौरव हो र हाम्रो प्रेरणा हो । तसर्थ आफ्नो जन्मभुमि, मातृ भुमिलाई हामी युवाहरुले नै सिगार्नुपर्छ । एकपटक सोचौ त ? हामीले यसलाई संरक्षण गरेर सल्यान जिल्लालाई विश्वमै चिनाउनुपर्छ र सभ्य नागरीकको परिचय दिनुपर्छ । हामी सबैले आ–आफ्नो क्षेत्रबाट पहल गरी सल्यान जिल्लालाई सल्यानी जनताको जीवनस्तर उकासी यहाँको मनोरम दृश्यलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न हामी सवै भरपुर सक्दो सहयोग गर्ने छौ भन्ने वाचाका साथ हाम्रो यस जिल्लालाई चिनाउने अभियानका लागि हजुरको सहयोगको अपेक्षा राख्दछौ ।
-तेज किरण ओलि
लेखक त्रि-चन्द्र कलेज काठमाडौ मा अध्यनरत छन् भने हालसालै सल्यान जिल्लालाई राष्टिय तथा अन्तराष्टिय स्तरमा प्रचारप्रसारमा टेवा पुयाउने उदेश्यले सल्यान लाई केन्द्रबिन्दुमा राख्दै पुस्तक प्रकाशनको अन्तिम तयारिमा छन ।
No comments:
Post a Comment