Sunday, August 21, 2016

Letter to Prime Minister KP Sharma Oli

हजुर बा ढोग गरें,
हजुर बा सर्वप्रथम ओली खलकबाट इतिहासमै पटक पहिलो  प्रधानमन्त्री हुनु भएकोमा ढिला भए पनि बधाइ तथा शुभकामना, कहॉबाट आयो नाति मैले त छोरा नै जन्माएको छैन भनेर खुब आत्तिनु भएको होला, त्यसो होइन । म पश्चिमी ओली तपाईँ पूर्वेली ओली । ओलीको पुर्खेउली नाता सम्बन्ध एउटै हुन्छ रे नी सुनेको कतै ! त्यसैले मैले गर्र्वका साथ हजुरबा भन्दिए । देशको स्वास्थ्य ठीक नभए पनि तपाईको शारीरिक स्वास्थ्य चाँही ठीक होस् भन्ने कामना छ । हुनत मान्छेहरु हिजोआज तपाईँको स्वास्थ्यप्रति चिन्तित देखिएका छन् । तपाईँ नै अस्वस्था भएको भए छिट्टै निको होस् भन्ने कामना पनि गर्छु ।

तेजकिरण अाेली
हुनत कसरी छिटो सन्चो होला र ? दिल्ली दरवारको बल मिचाह, मधेस आन्दोलन, नाकाबन्दी, बिपक्षीको सास्ती, सिंहदरबारको बागडोर, भूकम्पपीडितको समस्या, जम्बो मन्त्रीमण्डलको विस्तार र निवासतिर हजरआमा सम्हाल्न निकै गाह्रो परेको होला । स्वभाविकै हो एउटा मान्छेलाई यति धेरै जिम्मेवारी वहन गर्नु निकै चुनौती हो । तपाइँलाई मान्नु पर्छ सबै नेपालीले, सवै क्षेत्रमा विज्ञता हासिल गर्नुभा’छ । कमेडियन उखान टुक्का गर्नमा अघोषित विद्यावारिधि नै गर्नु भएको छ ।
खड्गप्रसाद ओली नाम कसैले लिने वित्तिकै तपाईको बारेमा सान्दार गफ हाँक्छु र भन्दिन्छु मेरो सहोदर हजुरवुबा हुन् भनेर विचरा साथीभाइलाई त तपाइँका भाषण बुझ्न निकै हम्मे हम्मे पर्दोरहेछ । वुझ्दैनन् रे तपाइँका उखान टुक्का ।
अर्काे कुरा पनि भनिहालु उता मेरी बास्सै, तीतो सत्य अनि जिरे खुर्सानी टेलिश्रृंखला चल्न बन्द भए रे तपाइले गर्दा, कलाकारहरु बेरोजगार भए तपाइकै कारणले, सबै कलाकारलाई उछिन्दै सुपरहिट हुनु भयो रे । हाँस्य क्षेत्रमा पनि ओली खलक हावी भएकोमा आफूलाई गर्व लागेको छ ।
भूकम्पपीडितले अझसम्म राहत पाउन सकेका छैनन, जव कि उनीहरुलाई एक छाक खान पनि मुस्किल छ । जाडोमा लगाउने न्यानो लुगा छैन । पीडित दिन प्रतिदिन जाडोले कठाङ्गीदै ज्यान गुमाइ रहेका छन्, आशैआशमा तपाइँका भाषण सुन्दै । हुनत आजकाल सरकारमा मन्त्रीमण्डल र मन्त्रालय विस्तार गर्दै हुनुहुन्छ जनतालाई झुट्टा आशाका वर्षात पारिदिनु हुन्छ सरकार टिकाउने चलखेलमा हुनुहुन्छ । खै कति दिनसम्म सहन सक्छन् ती पीडित जन्ता बाँकी नै छ हेर्न ? विचरा भूकम्पपीडित ओलीकै भाषणमा लठ्ठिने भए ।
तातोपानी कुण्डबाट थर्मल विजुली निकाल्ने र पाँचतारे होटल वनाएर स्विमिङ खेल्ने तपाईँको यो दिवा सपना हो ।
अनि हजुरवुबा उता दिल्ली दरबारमा मोदी र तपाइँको राशी नमिल्ने पो हो क्यारे ? बालापनमा भएको मित्रता अहिले पूरै शत्रुता छ रे । की तपाइले हानेको गुरील्लाको अझै यादमा छन् ? प्रधानमनत्रीको चुनावमा तपाइँलाई हराउन लागेका थिए रे । तर विचरा कसले सक्छ र ओलीलाई हराउन ? पार्टी अधिवेशनमा जित हात पार्दै अध्यक्ष, संसदीय दलको नेता अनि अहिले प्रधानमन्त्री ! तपाईँ महानतालाई मान्नै पर्छ ।
पूर्वतिर चल्ने लामो दूरीका कुनै पनि बसका शिसा छैनन् । यातायात मजदुरहरु चार महिनादेखि बेरोजगारी छन् । कालोबजारीले विकराल रुप लिएको छ । देश अराजकतातिर जाँदैछ । युवाशक्ति दिनप्रतिदिन देश पलायन हुदैछ अनि तपाईँजस्ता बृद्द्धहरुको भरमा देश चलिरहेको छ ।
उता विदेशतिर युवाले देश हाँक्छन् र तर नेपालमा बृद्धाले देश हाक्छन् । मधेश आन्दोलन छिट्टै पार लगाउनु पर्यो । देशमै गरीखाने वातावरण मिलाइदिनु पर्यो प्रधानमन्त्रीज्यू ।
केहिदिन अगाडि तपाइको अभिव्यक्तिले सञ्चार माध्याममा पुरै हंगामा फैलायो एक बर्ष भित्र नेपाललाई पुरै लोडसेडिङ मुक्त बनाउने रे । खोइ, तीन महिना वित्यो अव वाँकी नौ महिना छ भन्दै औंठा छाप अनि औंला गन्दै बसेका छन् होला । तपाईँका जम्वो मन्त्रीमण्डलका मन्त्री (केटा केटीहरु) नाकाबन्दीका कारण खाना पकाउने ग्यासको चरम अभाव भइरहेको बेला तपाईले आझ्ना कार्यकर्ता समक्ष ‘अब सिलिन्डरको फेज समाप्त भयो’ कहिले ग्यासको बुलेट आउला भनेर हेर्ने दिन गए र चुलाचुलामा ग्यासको पाइप हुन्छ, भित्तामा मिटर टासीन्छ अनि वाल्नुहुन्छ त्यसको पैसा तिर्नुहोस्, भन्नुभएको रै’छ । मलाइ यो एक वर्षमा पुरा हुन्छ भनेर रत्तिभरको पनि विश्वास छैन । तातोपानी कुण्डबाट थर्मल विजुली निकाल्ने र पाँचतारे होटल वनाएर स्विमिङ खेल्ने तपाईँको यो दिवा सपना हो ।
तपाईका विश्वासिला कार्यकर्ता पनि खुबै गुज्रिएका थिए, तपाइका अभिव्यक्ति सुनेर ।  तपाइका कुरा सुनेर तिरीमिरी झ्याइँ भएको त कसैलाई ? नढाटेर भन्नुहोस प्रधानमन्त्री ज्यू, म अहिले १९ बर्षको ठिटो हुँ कति बर्ष कुनुपर्छ घरघरमा दाल, चामल अनि ग्यास, पानी र अरु अरु पाइप आउन ? . संसदीय व्यवस्थामा सपना वाड्ने काम सत्तापक्षले होइन, विपक्षी र प्रतिपक्षले गर्छन् । तर विडम्बना  हाम्रो देशमा ओलीजस्ता पीएमले जनतालाई झुक्याउने अनि फसाउने हावादारी कुरा गर्दछन् । घरघरमा ग्यासको पाइप पुर्याउने काम असम्भव होइन छिमेकी देश बंगलादेशमा समेत छ यो । तर अलि समय र दिगो सोंच हुनुपर्छ ।
अन्त्यमा, हजुरवुबा अंग्रेजीमा एउटा भनाइ छ – ‘जज योरसेल्फ थ्रु अदर्स आइज’  अर्थात आफ्नो मूल्यांकन अरुका आँखाबाट गर । मान्छे सबै कुरामा पूर्ण हुदैन । ओली सरकारले केही राम्रा काम पनि गरेको पक्कै छ होला र केही गर्न बाँकी होलान् । जति उखान टुक्का भन्न सजिलो छ, त्यति आम जनताको चित्तबुझाउन गाह्रो कुरा छ । तपाईँको सरकारको कार्यकाल भावी दिनमा वोली होइन कामप्रति पूर्ण रुपमा लाग्नेछ ।
ओली सरकार सफलताको शुभकामना ।
उही तपाइको नाती
तेजकिरण ओली
सल्यान

No comments:

Post a Comment